भद्रगोलका बलेको आज जन्मदिन, आफ्नो पहिलो प्रेमीकाको बारेमा यसो भन्छन्

...

फागुन, काठमाडौं । टेलिश्रृंखला ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) लाई नचिन्ने सायदै होलान् । सहि कुरो बोरो भनेरै चर्चामा आएका बलेले आज आफ्नो जन्मदिन मनाउँदै छन् । उनी आज बाट २६ बर्ष पुगेका छन् । बि.सं. २०४६ साल फागुन ९ गते जन्मिएका बले कलाकारीता क्षेत्रमा बि.सं २०६६ सालबाट प्रवेस गरेका थिए ।
sagar lamsal baleकलाकार सागर लम्सालले आज आफ्नो जन्मदिन आफ्ना स–परिवारसँग बसेर मनाउँदै छन् । गतबर्ष हरि निरौला (कक्रोज) सँग कार्यक्रमको शिलशिलामा बाहिरै मनाएको सम्झिँदै उनले यो बर्ष आफ्नो परिवारका सदस्य सँगै मनाउँदै गरेको बताए ।

आज हामी उनको जन्मदिनको अवसर पारेर उनको पहिलो प्रेमको बारेमा चर्चा गर्दैछौं । हामीले उनको पहिलो पटक माया बस्दाको क्षण सम्झाउने कोसिस गरेका छौं ।

लभ परेको २ महिनामै ब्रेकअप भो
म कक्षा १० कक्षामा पढ्दा पहिलो पटक एकजना सँग लभ परेको थियो । उनी पनि कक्षा १० मै पढ्थिन् । कक्षामा निकै आँखा जुझ्थ्यो । मैले उनलाई मन पराउँथेँ । मैले उनलाई प्रपोज गरीरहन्थें तर उनले मलाई माया गर्छु भनेकी थिइनन् । धेरै भनिरहेपछि एक दिन उनले पनि मलाई मन पराउँछु भनिन् ।

त्यसपछि त लभ पर्दाको फिलिङ्स नै अर्कै हुँदो रहेछ । लभ परेपछि निद्रानै लाग्छ छोड्यो । कक्षा १० मा भएकोले एस.एल.सी को परिक्षा पनि नजिकै आउँदैथ्यो । लभ परेको करिब २ महिना पछि उनले अब एस.एल.सी. परिक्षा आयो लभ गर्नु हुन्छ भनिन् । अनि २ जनाकै सहमतिमा ब्रेकअप पनि भयो ।
एस.एल.सी. पछि फेरी उनैसँग लभ गर्नुपर्ला भन्ने सोचेको थिए तर उनले त अर्कै व्यावफ्रेन्ड बनाईसकिछन् ।

लजालु स्वभावको छु
म केटीहरुको सामु अलि बढी नै लजाउँछु । त्यो भएर पनि होला मेरो लभ पर्न सकेको छैन । केटी मान्छेसँग बोल्दा अन्य केटासाथीहरु सँग खुलेर बोल्नै गाह्रो लाग्छ । भित्र भित्र लाज लागीरहेको हुन्छ । यो लजानु स्वभावले छोड्ला जस्तो छैन ।

जन्मदिनको उपलक्ष्यमा आर्टिस्ट खबरको तर्फबाट सागर लम्साललाई शुभकामना ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई /आर्टिस्ट खबर