नवराजको ‘जाली परदेशी’मा अलिफ र रचनाको स्वर

...

बैशाख, काठमाडौँ ।  नयाँ गीत ‘जाली परदेशी’ सार्वजनिक गरिएको छ । गीतकार नवराज न्यौपानेको शब्द रहेको गीतमा अलिफ खान र रचना रिमालको स्वर रहेको छ । गीतमा राजेन्द्र बजगाईंको सङ्गीत एवम् सङ्गीत संयोजन, मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको छ ।

केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ । यस्तै भिडियोमा बाल कलाकारमा निवसोन र रिवसोन न्यौपानेको अभिनय छ । लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ ।

निशा न्यौपानेले निर्माण गर्नुभएको भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ । गीतको भिडियोमा ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।