७ जना रंग पत्रकारलाई सम्मान तथा पुरस्कृत गर्ने संघको निर्णय

...

बैशाख, काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले जेठ ७ गते आयोजना गर्न लागेको २४ औं बार्षिक उत्सवमा ७ जना रंग पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । संघको बैशाख १७ गते बसेको कार्यसमितीको बैठकले ७ जना पत्रकारहरुलाई सम्मान गर्ने निर्णय गरेको हो । 

संघले यसै बर्षदेखि सुरु गरेको ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८०’बाट पत्रकार शान्तीप्रियलाई सम्मानित गर्ने संघले निर्णय गरेको छ । ५५ हजार ५ सय ५५ रुपैयाँसहित संघले शान्तीप्रियलाई सम्मान गर्न लागेको हो । 

यस्तै, ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान’ तुलसी गिरी ‘भावुक’ र श्रीराम सिग्देललाई सम्मानित गर्ने निर्णय संघले गरेको छ । संघले ५१ हजार नगद राशीको ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’बाट दीपज्योती थापा र कुबेर डंगोललाई पुरस्कृत गर्ने निर्णय गरेको छ । 

संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट श्रृष्टि पोखरेल र ‘राष्ट्रिय मोफसल पत्रकारिता पुरस्कार’बाट रवि अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।