डेढबर्ष पछि हलमा पुगे पल शाह (भिडिओ रिपोर्ट)

...

बैशाख, काठमाडौँ । अभिनेता पल शाह डेढबर्ष पछि पहिलोपटक फिल्म हलमा पुगेका छन् । अहिले रिलिज भइरहेको चलचित्र ‘नाई नभन्नु ल ६’ हेर्नका लागी अभिनेत्री आँचल शर्मासँग हलमा पुगेका हुन् । चलचित्र हेरिसकेपछि पलले आफ्नो प्रतिक्रिया दिएका छन् । आँचलले आज हामी आँप–आँप जस्तो भएर आएछौं भनेर रमाइलो पनि गरिन् । 

अभिनेता पल शाहले डेढबर्षपछि फिल्महलमा आउँदा नयाँ अनुभव भएको बताएका छन् । उनले सुरुमा फोन चलाउँदा पनि नयाँ अनुभव भएको र अहिले हलमा आउँदा पनि ठुलो मोबाइल फोन जस्तो लागेको भन्दै आफ्नो अनुभव सुनाएका छन् । 

चलचित्र ‘नाई नभन्नु ल ४’ मा सँगै काम गरेका पल शाह र आँचल शर्माको जोडीलाई दर्शकले आँप जोडीको नाम दिएका थिए । त्यो समयदेखी नै यो जोडीको चर्चा थियो । अहिले ‘नाई नभन्नु ल ६’ मा अभिनेता आर्शिवाद क्षेत्री र अभिनेत्री आँचल शर्माको जोडी बाँधिएको छ । के आर्सिबाद र आँचलको जोडीले आँप जोडीलाई टक्कर दिएको होत भन्ने प्रश्नमा पलले सबैको जोडी फरक फरक हुने भन्दै आफ्नो धारणा राखेका छन् ।  
दर्शकले पललाई फेरी चलचित्रमा हेर्न चाहन्छन् । अझ पल र आँचललाई सँगै एउटै चलचित्रमा हेर्ने चाहना दर्शकको छ । पलले यो बिषयमा आफूहरु फेरी एउटै पर्दामा आउने सम्भावना रहेको बताएका छन् । 

भिडिओ रिपोर्टः