‘ह्यासट्याग माया’ को मुहूर्त

...

बैशाख, काठमाडौँ । बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा चलचित्र ‘ह्यासट्याग माया’ (३माया) को मुहूर्त गरिएको छ । राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहने छ। शुक्रबार विहान सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो । 
निर्माण समूहले शुक्रबार विहान पूजा गर्दै चलचित्रको छायांकन आउँदो साताबाट सुरु गरिने जानकारी दिएको छ। निर्देशक गुरुङ चलचित्रको छायांकन काठमाडौंबाट सुरू भई पोखरा, बर्दिया हुँदै धरानमा सकिने जानकारी दिए । पैतालीस दिनको सेड्युल तय गरेर छायांकन सुरु गर्दैछौं।

Namrat Saruk and Roy at Maya.jpg

थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइनेछ’, निर्देशक गुरुङले भने। विदेशबाट फिल्म सम्बन्धी अध्यन गरेर फर्किनु भएका गुरुङले यो कथामा काम गरेको  भईसकेको छ। ‘यहिँ कथालाई लिएर दर्शकसम्म पुगौँ भन्ने लाग्यो’, निर्देशक गुरुङले भने ।
   
शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रीत रहनेछ। अभिनेत्री श्रेष्ठ यसमा शिर्ष भूमिकामा छिन्। उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन्। ‘निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ। चलचित्रलाई लिएर उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री श्रेष्ठले भनिन्। 

Maya Movies.jpg

चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन  म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेकाछन्।