नयाँ चलचित्र ‘सानिमाया’ निर्माण हुने

...

जेठ, काठमाडौँ । नयाँ चलचित्र ‘सानिमाया’ निर्माण हुने भएको छ । एट.एट.फो.एट इन्टरटेनमेन्ट प्रा.लिको ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत भइसकेको छ । 
गएको बैशाख २० गते भद्रकाली मन्दिरमा पुजा गरि भद्रकाली सपिङ सेन्टर स्थित बन्चरे क्याफेमा कार्यक्रम सम्पन्न गरिएको थियो । चलचित्रको छायांकन यहि जेठ १५ गतेबाट हुने बताइएको छ । राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्मे छ्न भने चलचित्रमा नायक अर्जुन थापा, पृयन्का श्रेष्ठ, स्वयक्षा ढकाल, अभिषेक फुइयाल, मुख्य भुमिकामा रहनेछन  राम्चन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलुवाल,  राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ ।

sanimaya.jpg

शुभ मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष, चलचित्र निर्माता राजकुमार राइको प्रमुख आतिथिको रुपमा हुनुहुन्थ्यो भने चलचित्र कलाकार सङका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओयसआर डिजिटलका प्रोप्राइटर ॐ प्रकश अग्रवाल, कानुनबिद प्रतीक्षा पोखरेल, लायन्स  क्लबका टंक नाथ पौडेल लगायत बिशिस्ट अतिथिहरुको उपस्थितिमा सम्मपन्न भएको कार्यक्रमलार्इ पत्रकार एलिजा केसिले सन्चालन गरेकी थिए ।