‘बहाव’को थाइल्याण्ड भ्रमण अफरको टिकट बुटवलकी विद्या न्यौपानेलाई

...

जेठ, काठमाडौँ । चलचित्र ‘बहाव’ले घोषणा गरेको थाइल्याण्ड भ्रमण अफरको विजेता पाल्पा घर भई हाल बुटवलमा बस्ने विद्या न्यौपाने भएकी छन् । यो चलचित्र गत चैत २४ गते रिलिज भएको थियो ।

राजधानीमा शुक्रबार एक कार्यक्रमबीच चलचित्रकी अभिनेत्री सुरक्षा पन्तले गोला प्रथाबाट विजेता छनोट गरेकी हुन् । विजेता न्यौपानेले भ्रमणमा दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज पुरस्कार स्वरुप पाएकी छन् ।

यसअघि निर्माण पक्षले ‘पुरस्कार जित्न योग्य हुनका निम्ति बहाव चलचित्रको टिकट खल्ती एप मार्फत काट्नुपर्ने र खल्ती एपबाट चलचित्रको टिकट काटेर फिल्म हेर्ने एक जोडीले एमडी होलिडेजको तर्फबाट थाइल्यान्डको टुर प्याकेजको घोषणा गरेको थियो ।

e6e71f2b-1667-4c53-80ff-99a3f5b63d50.jpg

एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले ‘वहाब’को प्रमोसनमा जोडिन र अहिले विजेता घोषणा गर्न पाउँदा खुशी लागेको बताइन् । चलचित्रले विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

विजेताले विशेष परिस्थितिमा यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछन् ।

श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । फिल्ममा सुरक्षा पन्त, कमलमणि नेपाललगायतका कलाकारको अभिनय थियो ।

विजेताले पालना गर्नुपर्ने केही नियम र सर्त विजेताले विजेता घोषणा भएको दुई हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ । यो टुर प्याकेज घोषणा भएको मितिदेखि तीन महिनासम्म मात्र मान्य हुनेछ ।

यो प्याकेज अरूलाई दिन योग्य हुने छैन । तर विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा, उसले आफ्ना परिवारका सदस्यहरूलाई नाता प्रमाणित हुने कागजपत्र देखाएर प्याकेजको लागि मनोनीत गर्न सक्नेछ । थाइल्याण्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ ।

भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले व्यहोर्नु पर्ने छ । यस्तै, फिल्म निर्माण टिमले कफी डेटको विजेता पनि घोषणा गरेको छ । ‘बहाव’को डिजिटल टिकेटिङ पाटर्नर रहेको खल्तीले कालीमाटी रहेको वान सिनेमाजमा आयोजना गरेको स्पेशल शोबाट यो कफी डेटको अप्सरा जैसी विजेता बनेकी हुन् । उनले अभिनेत्री सुरक्षा पन्तसँग लाजिम्पाटमा रहेको कफी एस्केपमा भेट गरेर कफी खाने अवसर प्राप्त गरेकी छन् ।