हरि बहादुर बुढा मगरलाई सलाम छः गायक राजु लामा

...

जेठ, काठमाडौं । गायक राजु लामाले दुबै कृतिम खुट्टाले विश्वको सवोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बहादुर बुढा मगरलाई सलाम गरेका छन् । उनले नेपालको नाम राखिदिनुभयो धेरै बधाई दिएका छन् । एकबर्ष अगाडी राजु लामाले पनि सगरमाथा आरोहण गरेका थिए । सगरमाथा चढ्दाको दुख, कष्ट आफूलाई राम्रो सँग थाहा भएको र हरि बहादुर बुढा मगरले गरेको प्रयासलाई लिएर उहाँ एउटा गोर्खा हो गोर्खा कहिल्यै पछि हट्दैन भनेका छन् ।

आफूले पनि मिडियाहरुबाट चिनेको भन्दै गायक राजु लामा भन्छन्, ‘लामो समयदेखी यहि काममा लाग्नुभएको थियो आज सफलता हासिल गर्नुभएको छ । हामी सबै नेपालीहरुका लागी ठुलो कुरा हो भने ।’

गायक राजु लामाले एकबर्ष अघि सगरमाथा आरोहण गर्दाका दृश्यलाई समेटेर आज एक गीत रिलिज गरेका छन् । काठमाडौंको ठमेलमा आयोजना गरिएको कार्यक्रममा उक्त गीतको भिडियो सार्वजनिक गरिएको थियो । त्यसै सन्दर्भमा गरिएको कुराकानी हेरौं ।