‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

...

जेठ, काठमाडौँ । चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरले कथावस्तु बोलेको छ । विजय लामा र दीया पुन स्टारर यस चलचित्रको दुई मिनेट १७ सेकेण्ड लामो ट्रेलरले हराएको मुख्य पात्रलाई खोज्न प्रहरीले गरेको खोजीको कथा बोलेको छ ।

प्रहरीको भूमिकामा अभिनेत्री दीया पुन देखिएकी छिन् भने एक बाबुको भूमिकामा बिजय लामालाई देख्न सकिन्छ । चलचित्रले बाबुछोराको सम्बन्ध दर्शाउन खोजेको छ ।  चलचित्रको छायांकन मुस्ताङमा गरिएको छ । चलचित्रमा त्रिचु राई, एवनराज उप्रेती, रेश्मा घिमिरे लगायतको पनि अभिनय छ । साई पिक्चर्सको ब्यानरमा चलचित्र निर्माण भएको हो । विदेशी फिल्मको वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले यसलार्ई वितरण गर्न लागेको हो । ‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुँदैछ ।