अन्जु पन्तको आवाजमा ‘एक चिम्टी सिन्दूर’ सार्वजनिक

...

जेठ, काठमाडौँ । ‘एक चिम्टी सिन्दूर’ बोलको गीत सार्वजनिक गरिएको छ । गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘एक चिम्टी सिन्दूर’ मा गीतकार सबिता पोखरेलको शब्द एवं सरोज कोइरालाको संगीत रहेको छ । ‘एक चिम्टी सिन्दूर’को संगीत संयोजन विष्णु अधिकारीको रहेको छ भने मिक्सिङ विप्लव अधिकारीले गरेका छन् । 

गीतको म्यूजिक भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’, अन्जली अधिकारी र समिक्षा क्षेत्रीको त्रिकोणात्मक कथा जोडिएको छ । माया प्रेमभित्र समेटिएको रोदनमा ‘एक चिम्टी सिन्दूर’को महत्व र अभावलाई झल्काइएको छ । ‘एक चिम्टी सिन्दूर’ कोही लाएर रुन्छन् कोही लाउन नपाएर रुन्छन् भन्ने भावभित्र मायाप्रेम, धोका र विश्वासघातका विषयहरु जोडिएका छन् ।

यस म्यूजिक भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका हुन् भने सम्पादन नविन उप्रेतीले गरेका छन् । भिडियोमा मेकअप आर्टिष्टको रुपमा सविना उप्रेती रहेकी छन् भने कला ग्रेडिङको काम मिलन विश्वकर्माले गरेका छन् ।