निरेन श्रेष्ठ निर्देशीत  ‘मनमा पीर’ले दर्शकमो माया पाउँदै

...

जेठ, काठमाडौं । नेपाली म्युजिक भिडियो निर्देशनको क्षेत्रमा नाम कमाएका निर्देशक निरेन श्रेष्ठको अर्को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मनमा पीर’ बोलको गीतमा रामकुमार नेपाली, समिक्षा अधिकार र प्रकाश पुरीको स्वर रहेको छ । गीतमा प्रकाश पुरीको शब्द र किरण गौतमको संगीत रहेको छ ।
 
गीतको भिडियोमा सरद एलजी, अस्मिता रनपाल, राजन पुरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियो छायाकन बासु बरालले गरेका हुन् भने सम्पादन बिष्णु खड्काले गरेका छन् ।
निर्देशक श्रेष्ठले यो भन्दा अघि दर्जनौं गीतको भिडियो निर्देशन गरेका छन् ।