नायिका दिया पुन भन्छिन्, ‘५ बर्षदेखी रिलेसनमा छु, फिल्म क्षेत्र भन्दा बाहिरको हुनुहुन्छ’

...

जेठ, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थोरै तर यादपुर्ण काम गरेकी नायिका दिया पुनले आफू प्रेममा रहेको खुलाएकी छिन् । ‘बिर बिक्रम’ चलचित्रबाट डेब्यु गरेकी दियाले आफू पाँचबर्षदेखी कसैसँग रिलेशनमा रहेको बताएकी हुन् । हिमालय टेलिभिजनको सेलेब्स टक शोमा गोपिकृष्ण चापागाईंले सोधेको प्रश्नमा उनले नलुकाई जवाफ दिइन् ।

 ‘हो म रिलेशनमा छु । सन् २०१७ मा चिनजान भएको हो र २०१८ बाट रिलेशनमा छु । उहाँ त्यति पब्लिक हुन मन पराउनुहुन्न त्यसैले कोहो भन्न त सक्दिन तर फिल्म क्षेत्रको भने होइन् ।’ दियाले भनेकी छिन् । ‘मलाई आफ्नै क्षेत्रको मन पर्दैन, उहाँ फिल्म तथा नर्सिन क्षेत्रको होइन ।’ युकेमा बस्दै आएकी दियाका प्रेमी नेपाली नै हुन् ।

३५ बर्ष पुगेकी दियाले बिहेबारे भने तत्काल योजना नभएको बताएकी छिन् । आफू ब्यस्त भएकाले पनि तत्काल बिहे गर्ने योजना नभएको र केहि बर्ष बिहे नगर्ने बताइन् । उनी भन्छिन्, ‘घरबाट अलि पहिला सम्म बिहेको प्रेसर त आउँथ्यो तर अहिले उमेर पनि गईसक्यो त्यस्तो प्रेसर छैन । घरमा भाईको बिहे पनि भइसक्यो त्यसैले पनि घरकाले तत्काल बिहे गर्नैपर्छ भन्नुहुन्न ।’

नायिका दिया अभिनित अन्तिम संस्कार आगामी असार ८ गतेबाट प्रदर्शन हुने तयारीमा छ । ‘मिस्टर झोले’, ‘मन्त्र’ लगायतका चलचित्रमा गाउँले भूमिकामा काम गरेकी दियाले अन्तिम संस्कारमा भने प्रहरीको भूमिका निभाएकी छिन् । यस्तै दिया अभिनित दयारानी चलचित्र पनि प्रदर्शन हुन बाँकी छ ।

Interview