अमेरीकामा रहेकी बिनिता बरालले पनी काटिन् आफ्नो कपाल

...

फागुन, काठमाडौं । नेपाली समाजमा महिलाले कपाल काट्दा केहि अनौठो नै हुन्छ । अझ सेलिब्रेटी महिलाहरुले कपाल काट्दा राम्रै समाचार बन्ने गर्दछ । केहि समय अघि नायिका निशा अधिकारीको कपाल कटाइले पनि राम्रै चर्चा पायो । उनले के कारणले किन कपाल काटिन् त्यो त भनिनन् तर आफ्नो सानै देखिको इच्छा भनेपछि सायदै इच्छामात्र होला भन्ने बुझियो ।
binita baral's new hair style ..यस्तैक्रममा नायिका बिनिता बरालले पनि कपाल काटेकी छिन् । आफ्नो लामो कपाललाई पुरुषले जस्तो छोटो बनाएकी बिनिताले पनि अमेरीकामै बसेर कपाल काटेकी हुन् । तर उनले कपाल किन काटिन् भन्ने कुरा त खुलाएकी छैनीन् तर उनले आफ्नो तस्बिर सार्वजनिक गर्दै फेसबुकमा ‘कपाल छोटो बनाउन कैची हैन मुटु चाहिन्छ मुटु’ भन्दै लेखेकी छिन् । यसको अर्थमा उनले कपाल काटेर खुसी रहेको बुझ्न सकिन्छ ।

नायिका बिनिता बराल नेपाली फिल्म ‘चमली हाइट’ पछि चर्चामा आएकी नायिका हुन् ।