नेपाली नायक सारुक ताम्राकार मृत भेटिए

...

असार, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा रानीबाट डेब्यु गरेका अभिनेता सारुक ताम्राकार मृत भेटिएका छन् । उनी काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले जनाएका छन् ।  

सारुकले रानीसँगै ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा ब्यस्त थिए । यो चलचित्रको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ । बुझिए अनुसार बिहिबार बेलुकी ४ बजेसम्म चलचित्र ‘ह्यासट्याग माया’को छायांकनगरेर सारुक सबैसँग खुशीका साथ बिदा भएर घर पुगेका थिए । सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । 

छायांकनबाट खुसी साथ निस्किएका थिए
३१ बर्षिय नायक सारुक बिहिबार बेलुकी ४ बजेसम्म चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सकेर सबैसँग खुशीका साथ बिदा भएर घर पुगेको ‘ह्यासट्याग माया’का प्रोडक्शन डिजाइनर अरुण रेग्मीले जानकारी गराए । उनले बेलुकी सबैसँग राम्रोसँग छुटेको र छायांकनमा पनि निकै राम्रोसँग काम गरिरहेका बताएका छन् । तर, अचानक राती यस्तो निर्णय लिएको सुन्दा उनीपनि अचम्मित परेको बताउँछन् ।  

अहिले सारुकको मृत्यु सँगै कलाकर्मिहरुले श्रद्धान्जली दिइरहेका छन् साथै आचर्य मानिरहेका छन् । एक्कासी यस्तो घटना सुन्दा अचम्मित बनिरहेका छन् । चलचित्र मेरि मामुका निर्माता सन्तोष सेनले फेसबुकमा लेखका छन् । हामी माझ् रहेनउ।। विश्वास गर्न सकिरहेको छैन‘ हार्दिक श्रद्धान्जली शारुक भाई ।
यस्तै अन्य थुप्रै कलाकर्मिहरुले श्रृद्धान्जलीका शब्द लेखिरहेका छन् ।