हाँस्यकलाकारहरुको ‘६क्का पन्जा’को कलाकार घोषणा, अटाएनन् धुर्मुस

...

फागुन, काठमाडौं । हाँस्य कलाकारहरुले बनाउने फिल्म ६क्का पन्जामा अभिनय गर्ने कलाकारहरुको नाम घोषणा गरीएको छ । निर्माता दिपक राज गिरी, दिपा श्री निरौला र निर्मल शर्माले निर्माण गर्न लागेको फिल्म ६क्का पन्जामा लिड रोलमा अभिनेत्री प्रियंका कार्की रहनेछिन् ।

Deepa shree and priyanka karkiअभिनेत्री प्रियंकाको जन्मदिनको अवसरमा उनलाई गिफ्टको रुपमा ६क्का पन्जा दिइएको हो । साथै उनका साथमा अन्य हाँस्य कलाकारहरुको नाम पनि सोहि दिन घोषणा गरीयो । फिल्ममा दिपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल र केदार घिमिरे मुख्य अभिनेताको रुपमा रहनेछन् । यस अघिको फिल्म वडा नम्बर ६ मा रहेका सिताराम कट्टेल (धुर्मुस) भने ६क्का पन्जामा हुने छैनन् । धुर्मुस सरसफाई अभियानमा व्यस्त भएकाले फिल्ममा समय दिन नसक्ने बताईएको छ ।
Deepak raj giri
फिल्ममा अन्य कलाकारहरु किरण केसी, बुद्धि तामांग (हैट) र बसुन्धरा भुषाल पनि रहनेछन् ।फिल्मलाई कलाकार दिपा श्री निरौलाले निर्देशन गर्दैछिन् । दिपाले निर्देशन गर्न लागेको यो पहिलो फिल्म हो । यस अघिको फिल्म वडा नं. ६ लाई निर्देशन दिनेश डिसीले निर्देशन गरेका थिए ।

फिल्मको छायांकन चैत ८ गतेबाट सुरु हुने जानकारी दिइएको छ ।