कामकै लागी सबैलाई ढोग्दिनः गायक सागर आले (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । नेपाल आइडलको पहिलो सिजनबाट उदाएका गायक सागर आलेले आफ्नो क्षेत्रमा धेरैलाई ढोग्नु पर्ने, सबैलाई नमस्कार गर्दै हिड्नुपर्ने रहेछ भन्दै दुखेसो पोखेका छन् । आज काठमाडौंमा जय शो चलचित्रको गीत रिलिज कार्यक्रममा उपस्थित भएका आलेले यहाँ आफूले नगरी केहि हुँदैन भन्दै कामका लागी आफूले अनावश्यक रुपमा कसैलाई नढोग्ने बताए । 

यस्तै आफूसँगै रियालिटी शोबाट आएका बुद्ध लामा, निशान भट्टराई, प्रताप दासले पनि राम्रो गरिरहेको र आफूलाई खुसी लागेको बताउँछन् । साथै उनले आफूलाई उनीहरुसँग तुलना गर्न नमिल्ने बताउँछन् ।  

यहि भदौ ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जय हो’मा समावेश ‘राजा रानी’ बोलको गीतमा सागर आलेसँगै सदिक्षा कट्टेलको स्वर रहेको छ । उक्त गीत सार्वजनिक कार्यक्रममा सागर आलेले मिडियाकर्मिसँग आफ्ना कुरा राखेका हुन् । 

भिडिओ रिपोर्टः