अस्ट्रेलियामा कार्यक्रम गरेर ‘जय हो’को ट्रेलर सार्वजनिक

...

साउन, काठमाडौं । चलचित्र जय होको ट्रेलर अस्ट्रेलियामा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको छ । आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच सोमबार सार्वजनिक गरियो । 

निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा चलचित्रको ट्रेलर रिलिज कार्यक्रम गरिएको हो । अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो ।

निर्माताद्धय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत चलचित्रको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए । चलचित्रको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो । चलचित्रको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।

Aastreliya-Jay-Ho.jpg

टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन  समीर मियाँको  भीएफएक्स र सन्देश शाहको ट्रेलर रहेको छ ।

चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।