भारतबाट डबिङ तथा मिक्सिङमा दुई दशकको अनुभव लिएर काठमाडौं आइपुगे भरत (भिडिओ रिपोर्ट)

...

साउन, काठमाडौँ । साउड इन्डियाका अल्लु अर्जुन लगायतका सयौं फिल्मको डबिङ तथा मिक्सिङको काम गरेका भरत कडेंल काठमाडौं आइपुगेका छन् । बलिउडसँगै बिभिन्न ठाउँका भिडियोको डबिङ तथा मिक्सिङमा २० बर्ष कामगरेको अनुभव लिएर आएका उनले काठमाडौंको अनामनगरमा सम्राट फिल्मस् नाममा स्टुडियो सन्चालनमा ल्याएका छन् । 

MVI_9668.00_02_14_18.Still001.jpg

बलिउड तथा साउथ इन्डियन चलचित्रकै क्वालिटीमा यहिँबाट काम दिन सकिने सम्राट फिल्मस्का सन्चालक भरत कंडेल बताउँछन् । बलिउडका थुप्रै चलचित्र, टेलिचलचित्र, बिज्ञापन, कार्टुन देखी बिभिन्न डकुमेन्ट्रीका भिडियोको डबिङ तथा मिस्सिङको काम भरतले दुई दशकदेखी गर्दै आएका छन् । अहिले उनले अनामनगरबाटै भारतका धेरै काम गरिरहेका छन् । साथै नेपाली चलचित्रको काम पनि गर्न थालेका छन् ।

MVI_9664.MP4.00_00_05_10.Still001.jpg

उनले केहि समय अघि रिलिज भएको ‘ए साथी सुन’को डबिङको काम आफ्नै स्टुडियोबाट गरेका थिए भने आउँदो कात्र्तिकमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘परदेश २’ को हिन्दी भाषामा डबभएको फाइललाई मिक्सिङ गरिरहेका छन् । भरत नेपाली हुन्, उनी लामो समय भारतमा बसेर काम गरेका थिए । स्थायी घर बुटवल भएका भरतले नेपालमै बसेर काम गर्ने सोचका साथ काठमाडौं फर्किएको बताउँछन् ।