हाँस्य कलाकार ‘बल्छि ध्रुबे’ले बिद्यालयलाई गरे ५० हजार सहयोग

...

फागुन, काठमाडौं । हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले हाँस्य व्यंग्य कार्यक्रमबाट जुटेको नगद ५० हजार रुपैयाँ बिद्यालय भवन निर्माणका लागी सहयोग गरेका छन् । गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न कलाकार श्रेठले सो रकम सहयोग गरेका हुन् । उनी केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रममा सहभागी थिए ।
marich man shestha - hair styleसो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको मरिचमानले जानकारी दिए । ‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उनले भने – ‘कार्यक्रम गरेर सङ्कलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा श्रेष्ठले हास्यव्यङ्ग्य कार्यक्रम गरेका थिए ।

कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गरेका हुन् ।