नाङ्गो गाउँ’को गीतमा रोमान्टिक बने दया र मिरुना

...

भदौ, काठमाडौँ । नायक दयाहाङ राई र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘नाङ्गो गाउँ’ यहि भदौ २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसैबिच चलचित्रमा समावेश एक गीत सार्वजनिक भैसकेको छ । निर्माणपक्षले चलचित्र प्रदर्शनका लागि ३ हप्ता बाँकी रहेको समयमा एक रोमान्टिक गीतको भिडियो छायांकन गरेको छ ।

३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको भिडियोमा दया र मिरुना रोमान्टिक देखिएका छन् । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द, सुशान्त गौतमको संगीत छ ।

dayahang-rai-and-miruna-magar-photo-1.jpg

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा आलोक शुक्लाको छायांकन छ । यो चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । निर्देशक लामाले केही दिनमै गीतको भिडियो सार्वजनिक गर्ने बताए ।

चलचित्रका मुख्य २ कलाकार दया र मिरुना अर्को एक फिल्ममा व्यस्त भएकाले यो चलचित्रको प्रचारमा समय दिन पाएका थिएनन् । अब, उनीहरुले पूर्ण रुपमा यो चलचित्रको प्रचारमा समय दिने निर्मापक्षले बताएको छ ।

हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ । चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । यो चलचित्रमा बनिष शाहको सम्पादन छ । यो चलचित्रमा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय छ ।