अनमोल केसी देखिने गरी फर्कि फर्कि’को टिजर छायांकन

...

भदौ, काठमाडौं । चलचित्रको सुट अघिनै प्रमोशनको लागी मद्धत पुग्ने उद्देश्यले कतिपय चलचित्रले टिजर खिच्ने गर्दछन् । जसले गर्दा दर्शकमाझ चलचित्र आउँदैछ भन्ने छाप पर्छ । यसैअनुरुप अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र फिल्म ‘फर्कि फर्कि’को टिजरका लागी छायांकन गरिएको छ । 

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो चलचित्रको शनिबार रातभर टिजर छायांकन गरियो । जसमा अनमोलमात्र फिचर हुनेछ । सुयोग गुुरुङको निर्देशन रहने यो चलचित्र प्रेमकथामा आधारित हुनेछ । चलचित्रको टिजर केहिदिनमै सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ । 

यो चलचित्रमा अनमोलसँग नायिका जसिता गुरुङलाई जोडीको रुपमा देख्न पाइनेछ । अहिलेको टिजरमा पनि जसिता अटाउनेछैनन् । अनमोलले ‘फर्कि फर्कि’को काम सुरु गर्नु अगाडि सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र  ‘रावायण’मा काम गर्नेछन् ।