गीतमा युवतीलाई सोध्दैछन् ‘१८ कट्यौकी कटेनौं’

...

भदौ, काठमाडौं । पछिल्लो समय घटेका केहि घटनाले १८ बर्ष मुनिका युवतीसँग शारिरीक सम्बन्ध राख्दा कुन किसिमका कानुनी झमेलामा परिन्छ भन्ने सन्देश पनि दिएका छन् । बिशेषगरी चर्चित कलाकार तथा खेलाडीहरु नै यस्ता बिषयमा मुछिएका कारण आम मानिसले पनि कानुन बुझे । यसैबिच यस्ता बिषयमा बिभिन्न गीतसंगीत पनि निर्माण भइरहेका छन् । 
यसैक्रममा केहि युवाहरुले युवतीलाई १८ बर्ष पुग्यौ कि नाई भन्दै सोधेको र उमेर नपुगेको भए सम्बन्ध अगाडी बढाउनुहुँदैन भन्ने सन्देश दिँदै गरेको नयाँ गीत सार्वजनिक गरिएको छ । नविन कुमार पौडेल र एलिना चौहानको स्वरमा रहेको १८ कटेऊ कि कटेनौं बोलको गीत आज (सोमबार) बिहान सार्वजनिक गरियो ।

दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतको भिडिओमा सुमन ज्योती न्यौपाने, गीता ढुंगाना, उमेश कुमार बराल, भुवन के पोख्रेल लगायतको अभिनय रहेको छ । भिडिओमा मोडल गीतालाई अन्य युवाले उमेरको बारेमा प्रश्न गरिरहेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको भिडिओ गम्भिर बिष्टले निर्देशन गरेका हुन् । 

हिजो (आइतबार) काठमाडौंको धुम्बाराहीस्थित स्माट दरबारमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले गीतबारे जानकारी गरायो । कार्यक्रममा अतिथिहरु शंकर आचार्य, इन्द्र दोङ लामा, दिवाकर भण्डारी लगायतले शुभकामना दिएका थिए । भिडिओमा ड्रेस डिजाइनको काम बागबजारमा रहेको सुटमालाले गरेको छ । 

18-kateu-ki-katenau-song.jpg

कार्यक्रममा भिडिओका निर्माता तथा कलाकार उमेश कुमार बरालले गीत बिशुद्ध सन्देशमुलन बनाउने कोशिस गरेको बताए । उनले ब्यवसायिक रुपमा सफल भएपनि नभएपनि गीतले दिनखोजेको सन्देश सम्पुर्ण दर्शक तथा स्रोतामाझ पुगोस् भन्ने चाहन्छन् । यस्तै भिडिओका अर्का कलाकार सुमन ज्योतीले धेरैपछि आफ्नो फरक र मिहिनत गरेको गीत ल्याएको भन्दै सबैलाई हेरिदिनका लागी आग्रह गरे ।

पछिल्लो समय सेलिब्रेटीले नै १८ बर्ष मुनिका युवतीसँग सम्बन्ध राख्दा भोगेको घटनाबाट प्रेरित भएर भिडिओ बनाइएको हो भन्ने सन्चारकर्मिको प्रश्नमा निर्देशक बिष्ट भन्छन्, ‘अरुबाट प्रेरित भन्दा पनि बिशुद्ध सन्देशमुलक बनाइएको हो । कानुनले पनि भनेको छ कि १८ बर्ष भन्दा मुनिकासँग शारिरीक रुपमा सम्बन्ध राख्नुहुँदैन । बिज्ञानले पनि उमेर नपुग्दैको शारिरीक सम्बन्ध राम्रा हुँदैन भन्छ । यस्ता किसिमका कुराहरुमा टाढै बसौं भनेर देखाउन खोजिएको मात्र हो ।’

Event Video:

Offcial music video: