फागुन, काठमाडौं । बिहिबार देखी सुरु भएको नेपाली कांग्रेसको ‘१३ औं महाधिवेसन’मा राजनितिसँग सम्बन्धित व्यक्तिहरुमात्र होइन मनोरञ्जन क्षेत्रका कलाकारहरु पनि देखिए । बिहिबार मनोरञ्जन क्षेत्रका अभिनेत्री र गायिकाहरु नेपाली कांग्रेसको लोगोको प्रतिनिधित्व गर्ने तारा साडीमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।
अभिनेत्री मेलिना मानन्धर, रुपा राना, रिमा गुरुङ र संगीता राना प्रधान लगायत का कलाकारहरु तारा साडीमा सजिएका थिए । उनीहरुका लागि त्यो सारी, नेपाली कांग्रेसले तयार गरेको हो । साथै कार्यक्रममा मोडल शंकर बिसी, पार्वती राई, कबिता शर्मा लगायतका कलाकारहरुले पनि नृत्यु देखाएका थिए ।
नेपाली कांग्रेसको सांस्कृतिक टोलीको नेतृत्व गरिरहेका राजकुमार राईको अग्रसरतामा तारा अंकित सारीमा कलाकारहरुले स्टेजमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली कांग्रेसमा आवद्ध कलाकारहरुलाई स्टेजमा प्रस्तुत गरिने विभिन्न कार्यक्रममा सहभागि गराएका थिए।
– तस्बिर स्रोतः पहिलोपोष्ट