‘द भ्वाइस अफ नेपाल सिजन ४’ का टिकाको पहिलोगीत आउँदै (भिडिओ)

...

भदौ, काठमाडौँ । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४मा नकआउट राउण्डसम्म पुगेका प्रतियोगी टिका बहादुर मगरले आफ्नो पहिलोगीत ल्याउने तयारीमा छन् । केहिदिन अघि भिडिओको छायांकन पनि सकिएको छ । टिमको तयारी अनुसार तीजको पर्सिपल्ट सार्वजनिक गर्ने तयारी भइरहेको छ । 

कोच प्रमोद खरेलको टिममा रहेका टिका आफ्नो पहिलोगीतलाई लिएर उत्साहित छन् । उनले अडियो र भिडिओको काम निकै राम्रो भएको र अब भिडिओ सम्पादनको काम हुनमात्र बाँकी रहेको जानकारी दिए ।  

केहिदिन अघि आर्टिष्ट खबरको टिम छायांकनस्थल काठमाडौं धर्मस्थली पुगेको थियो । टिकाको उक्त ‘कम्मरमा पटुकी’ बोलको गीत धमाधम छायांकन भइरहेको थियो । टिकालाई अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छिन् ।  हाल अमेरिका रहेका मणी भट्टराईले गीतका लागी मिठा शब्द कोरेका छन् । उक्त गीतलाई मोहन मगरले संगीत दिएका छन् । गीतको भिडिओमा निर्देशनको काम पनि मोहनले नै गरेका छन् । 

झपक्क कालो दाह्रीमा क्यामेरा अगाडी बसेका थिए छायांकार मुकेश हुमागाई । भिडिओ खिच्न निकै मिहिनत गरिरहेका छन् । उनीसँगै क्यामेरा तथा लाइटको टिममा थुप्रै थिए । भिडिओमा कम्मर मर्काउने काम भने गौरव मगर र आशा तामांङ ले गरेका छन् । उनीहरुलाई लागी म्युजिक भिडिओको काम पहिलो हो । आाशाले एकदशक अघि .तामाङ फिल्ममा काम गरेकी थिइन् भने गौरवलाई टिकटकमा फ्लो गर्नेको संख्या राम्रै छ ।

गीतका संगीतकार तथा भिडिओका निर्देशक मोहन मगरले गीतमा निकै मिहिनत गरेको बताएका छन् । उनले यस गीतलाई दर्शक तथा स्रोताले माया गर्ने अपेक्षा राखेका छन् । 

भिडिओ रिपोर्टः