यहि शुक्रबारबाट सुरु हुँदै दिपक दिपाको सिनेमा हल

...

भदौ, काठमाडौँ । नेपाली चलचित्रका सफल निर्माता दिपकराज गिरी र निर्देशक दिपाश्री निरौलाको लगानी रहेको सिनेमा हल यहि शुक्रबारबाट सन्चालनमा आउने भएको छ ।

नयाँ बानेश्वरमा रहेको आई.एन.आई. सिनेमा हलको सम्पुर्ण काम पुरा भएको र शुक्रबारबाट प्रदर्शनमा आउने दुई नेपाली चलचित्र ‘एक भागवत एक गीता’ र ‘नॉगो गॉउ’ बाट प्रदर्शन सुरु गरिने दिपकले जानकारी दिएका छन् । 

ini-cinema-hall-naya-baneswor.jpg

दिपकले ‘तपाइहरूले घेरै माया गर्नु भएकोले हामी भूँइ मान्छेहरू अन्ततः सिनेमा हलसम्म आईपुगेका छौं’ भन्दै फेसबुकमा लेखेका छन् । उक्त सिनेमा हलमा दिपक दिपाको साथमा अन्य सेयरधनी पनि रहेका छन् । 

ini-cinema-hall-new-baneswor.jpg