‘मायावी’मा करिश्मा श्रेष्ठ अनुबन्धित

...

भदौ, काठमाडौँ । चलचित्र  ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छिन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यो चलचित्रमा यसअघि मुख्य कलाकारमा दीपिका प्रसार्ई, पल साह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । 

यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् । चलचित्र ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो चलचित्रपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि चलचित्रमा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट चलचित्रमा कमव्याक गर्न लागेकी हुन् ।

krishma-shrestha.jpg

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा चलचित्र क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो चलचित्र क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । चलचित्र असोज २ गतेबाट फ्लोरमा जानेछ । चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले चलचित्र ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।