रातको सवा ९ बजे रिहा भए अनमोल केसी

...

असोज, काठमाडौँ । अभिनेता अनमोल केसी रिहा भएका छन् । आज (आइतबार) रातको सवा ९ बजे उनलाई खोजेको बेला उपस्थित हुने गरी प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । उनलाई हाजिरी जमानीमा छाडिएको हो ।

उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अनमोलले गएको शुक्रबार बाट यता तीनदिनको म्याद पुरा गरिसकेका थिए । अहिले अनमोल आफ्नो घर पुगिसकेका छन् । 

चलचित्र ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

Video Report: