गायक बादलले भन्दैछन् ‘मार्देउ बरु भगवान’ (भिडिओ)

...

असोज, काठमाडौँ । गायक बादल थापा मगरको स्वरमा मार्देउ बरु भगवान गीत सार्वजनिक गरिएको छ । साइराम पिक्चर्सको युट्युवबाट सोमबार दिउँसो सार्वजनिक गीतमा सागर काफ्लेको शब्द र संगीत रहेको छ । गीतलाई बिनय कार्कीले एरेन्ज गरेका हुन् । 

गीतको भिडिओमा सागर काफ्ले, स्मारिका ढकाल, प्रिन्स लिड, सागर, गौतम, मिलन ढकाल लगायतको अभिनय रहेको छ । दिपक गिरीको सिनेमाटोग्राफि रहेको भिडिओ दिनेश कठायतले निर्देशन गरेका हुन् । भिडिओमा आइरहेका प्रतिक्रिया सकारात्मक देखिन्छन् ।