हराम पुरुषहरुको अग्नि परिक्षा लिने प्यारी, हेर्नुस ‘रामप्यारी’को ट्रेलर

...

फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाको ‘राम प्यारी’ फिल्मको ट्रेलर सार्वजनिक गरीएको छ । आउँदो चैत २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘राम प्यारी’मा रेखा थापालाई टेम्पु चालकको भुमिकामा देखाईएको छ । नारीको कथालाई उठाइएको यस फिल्ममा  सविन श्रेष्ठ, आश्मा डीसीको  साथमा नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ ।

rampyari nepali movieफिल्ममा ‘हराम पुरुषहरुको अग्नि परिक्षा लिन्छु’ भन्ने डाईलग यतिखेर चर्चित छ । फिल्मको ट्रेलर हेर्दा फिल्मको मेकिंग उत्कृष्ट बनेको देख्न सकिन्छ । राम प्यारीको प्रतिक्षामा रहेका दर्शकले यस ट्रेलर हेरीसकेपछि फिल्म हेर्न अझ इच्छुक बनाउने बुझ्न सकिन्छ । रामप्यारीमा समावेश गितहरु यतिखेर चर्चित छन् । एक साता अघि मात्र राम प्यारीको टाईटल गीत बाहिरीएको थियो ।

फिल्मलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् भने सरस्वती थापा यस फिल्मकी निर्मात्री हुन् ।