शंकरको ‘तेल भिसा’मा सेभेन सिजले आधा लगानी गर्ने

...

असोज, काठमाडौँ । निर्देशक शंकर घिमिरेको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र तेल भिसाको निर्माणमा सेभेन सिज ईन्टरटेनमेन्टले पनि सहकार्य गर्ने भएको छ । वल्र्ड वाइड फिल्म डिस्ट्रीब्युशन कम्पनीको रुपमा उदाउँदै गरेको सेभेन सिज इन्टर्टेन्ट्मेन्टका तर्फबाट प्याट्रीक सुवेदी र  वेल्डन कृएशनका तर्फबाट निर्देशक शंकर घिमिरे बीच अमेरिकाको टेक्सासमा शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार सेभेन सिजले तेल भिसाको निर्माणमा ५० प्रतिशत लगानी गर्ने सम्झौता सहित सिनेमाको वल्र्ड वाईड रिलिजको अधिकार समेत लिएको छ । 
 
आगामी फागुन महिना देखि छायाङ्न सुरु गरिने तेल भिसाको मुख्य अभिनेतामा बिपिन कार्की अनुबन्ध भइ सकेका छन भने अन्य कलाकार एवं प्राबिधिकहरुको घोषणा तिहार पछि गरिने निर्देशक घिमिरेले जानकारी गराएका छन ।

यो सिनेमामा विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिदैछन । नेपाल सहित अमेरिकामा पनि छायाँकन हुने यस सिनेमाको कथा अत्यन्त सुन्दर रहेका कारण सेभेन सिजले निर्माणमा समेत सहकार्य गर्न लागेको प्याट्रिक सुवेदीको भनाई छ । अष्ट्रेलियामा बस्ने विनोद पौडेल , मिडल ईष्टका रमेश ढकाल र अमेरिका बस्ने प्याट्रिकको सेभेन सिज कम्पनीले हालै रिलिजमा आएको परदेशी २, रिलिजको क्रममा रहेको पशुपति प्रसाद भष्मे डन , करर्साङ, अगस्त्य सहित रामबाबु गुरुङको प्रतिक्षित फिल्म डिग्री माईलाको समेत अन्र्तराष्ट्रिय प्रर्दशन अधिकार खरिद गरिसकेको छ ।