दिपायलमा गएर बद्रि पंगेनिले रुवाए दर्शकलाई

...

फागुन, डोटी । चर्चित लोक तथा दोहरी गाएक बद्रि पंगेनिले दर्शकलाई रुवाएका छन् । सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम दिपायलमा शुक्रबारदेखि सुरु भएको “सुदुर पश्चिम क्षेत्रीय महोत्सव २०७२”मा सोमबारका दिन विदा पाउदीन आमा,घर आउदिन आमा भन्ने भाकाको गित गाउदा दर्शक महिलाहरुले आँखाबाट आसु छारेका थिए ।
ppपंगेनिले सुरुमा आमाको सम्झनामा यो गित गाउदा धेरै महिलाहरुले गित सुनेर स्तब्ध भएका थिए । गाएक पंगेनिले हजारौ गित गाएर जनताका गाएक समेत बन्न सफल भएको भन्दै दर्शकहरुले महोत्सवको चौथो दिन रमाएका थिए । महाशिबरात्रि पर्व परेकाले पनि चौथो दिन हजारौ दर्शहरुको उपस्थिति रहेको थियो ।साथै उनले देश भक्तिका गित गाएर दर्शकलाई स्वाभिमान नेपालिले बिदेशिको मुख ताकेर बस्न नसकिने गितका माध्यमबाट पोखेका थिए ।

त्यस्तै चौथो दिन चर्चिच देउडा गाएक भुवन दाहाल,सुर्य बिरही साउँद, कल्पना बि.सि.,अमर लामा,आधुनिक गाएक गोपाल सुचिकार ,डान्सर अन्जलि अधिकारी लगाएत स्थानिय कलाकारको समेत बेजोड प्रस्तुति रहेको थियो ।

– प्रकाश बम बाट