नेपाली एप ‘स्मार्ट गफ’ लन्ज, फोटो भिडिओ हालेर आम्दानी गर्न सकिने

...

असोज, काठमाडौँ ।  के तपाईले फेसबुक, टिकटक, इन्स्टाग्राम जस्ता एपहरुमा दिनहुँ फोटो भिडिओ हाल्नुहुन्छ ? राम्रै भ्युज, लाइक, कमेन्ट पनि आउँछ होला । तर त्यसो गरेर कति रुपैया कमाउनु भएको छ ? तपाईलाई लाग्ला यो त केबल रमाइलोका लागी गरिरहेका छौं । सोच्नुहोस् त रमाइलोसँगै लाइक कमेन्ट, भ्युज आएको भरमा पैसा पनि आउने भए कस्तो हुन्थ्यो होला ? हामी आज कुरा गर्दैछौं फोटो भिडिओ हालेरै पैसा कमाउन सक्ने मोबाइल एप को । 

smart guff.jpg

नेपालमै बनेको एउटा यस्तो एप छ जसमा तपाईले फेसबुक, टिकटक, इन्स्टागा्रमहरुमा जस्तै गरेर फोटो भिडिओ हाल्न सक्नुहुन्छ र भ्युज, लाइक, कमेन्टको आधारमा आम्दानी हुन्छ, त्यो एप हो ‘स्मार्ट गफ’ । केहिदिन अघिमात्रै काठमाडौंमा भब्य कार्यक्रमका बिच यो एप लन्च गरिएको छ । स्मार्ट गफ एप प्रा.लीद्धारा सन्चालित यस एप सार्वजनिक कार्यक्रममा थुप्रै कलाकारहरुको पनि उपस्थिती थियो । वरिष्ठ हास्य अभिनेता मदन कृष्ण श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्व आइजिपि सर्वेन्द्र खनालले संयुक्त लन्च गरेको कार्यक्रममा कलाकारहरु आनन्द कार्की, किरण केसी, कमल खत्री, यमन श्रेष्ठ, विनोद ढकाल, गायिका मेलिना मैनाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कलाकाहरुको प्रस्तुती पनि हेर्न सकिन्थ्यो । 

smart-guff.jpg

स्मार्ट गफ एप प्रा.लीका सिईओ रमेश शाहीले सार्वजनिक भएको छोटो समयमै एपलाई आएका प्रतिक्रिया निकै राम्रो भएको बताउँछन् । उनले नेपालमै बनेको एप त्यो पनि आम्दानी गर्न सकिने भएकाले प्रयोगकर्ताहरु उत्साहित देखिएको बताए । उनले तस्बिर र भिडिओमा आएको भ्युज, लाइक, कमेन्टको आधारमा रेभिन्यु जेनेरेट हुने र नेपालकै बैंकमा सजिलै डिपोजिट गर्न सकिने दाबी गर्छन् । यस्तै प्रबन्ध निर्देशक प्रमिला सिलवालले पनि केबल मनोरन्जनका लागी मात्र प्रयोग गर्नुभन्दा मनोरन्जनसँगै आम्दानीको स्रोत हुने भएकाले सबैको रोजाईमा पर्नेमा विश्वास लिएको बताइन् । 

एप लन्चसँगै सोहि दिन मोडल सुपरस्टार ब्युटि पेजेन्टको फिनाले पनि भएको थियो । प्रोमोटिङ सोलुसनको ब्यानरमा आयोजना भएको उक्त प्रतियोगितामा २९ जना युवतीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सुष्मि खतिवडाले ताज जित्न सफल भइन् । उनले मल्टिमिडिया विधाको अवार्ड पनि प्राप्त गरिन् । प्रतियोगितामा पपुलर च्वाइस विधामा विजेता अस्मिता बैंजु बनिन् । फस्ट रनर अप मन्जु खड्का छनौट भइन् भने माही श्रीवास्तवले सेकेन्ड रनर अपको ताज पहिरन् ।