सधैं ग्ल्यामर रेखा थापा (भिडिओ रिपोर्ट)

...

कार्तिक, काठमाडौँ । कुनै समय छोटो कपडा लगाउने नायिका भनेर रेखा थापा लाई चिनिन्थ्यो । अहिले उनै रेखा थापा आमा बन्दैछिन् । आज (शुक्रबार) भएको उपहार चलचित्रको  ‘वाह वाह’ गीत सार्वजनिक कार्यक्रममा ढकमक्क कपडा लगाएर आएकी रेखा थापाले यो ड्रेसमा चाँही म ग्ल्यामर देखिएकी छैन र के हाफ पाइन्ट नै लगाउनुपर्छ र भन्दै रमाइलो गरिन् । रेखाले म सट ड्रेसमा भन्दा पनि यो ड्रेसमा अट्राक्टिभ देखिन्छु जस्तो लाग्छ भन्छिन् । 

rekha-thapa-upahar-movie (1).JPG

रेखाले निर्माण गरेको नयाँ चलचित्र उपहार आउँदो फागुन २५ गतेबाट रिलिज हुँदैछ । ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो चलचत्रिमा रेखासँगै पुजा शर्मा, बेनिशा हमाल, मुकुन भुषाल, समर्पणजंग कार्की, तेज गिरीलगायतको अभिनय रहेको ।