मोडल तथा पत्रकार प्रकाश ढकाल कृष्णभिर मुनि नदी किनारमा मृत फेला

...

मंसिर, काठमाडौँ । मोडल, पत्रकार तथा गीतकार प्रकाश ढकाल मृत फेला परेका छन् । गएको तीनदिन देखी बेपत्ता भएका ढकाल आइतबार साँझ धादिङको बेनिघाट रोराङ वडा न. ७  कृष्णभिर मुनि नदी किनारमा मृत भेटिएका हुन् ।

स्यांङ्जा घर भएका ढकाल तिहार सकेर काठमाडौं फर्कने क्रममा बेपत्ता भएका थिए । आइतबार दिउँसो नदी किनारमा बोटिङ गर्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । यतिबेला ढकालको परिवारसहित केहि कलाकार तथा सन्चारकर्मिको टोली घटनास्थलमा पुगेको छ । प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको सन्चारकर्मित कमल सरगमले आर्टिष्ट खबरलाई जानकारी दिए । उनका अनुसार उनको हत्या हो या आत्महत्या त्यो बारे प्रहरीले अनुसन्धान अगाढी बढाएको छ । ढकालको शव पोष्टमार्टमका लागी काठमाडौंको टिचिङ अस्पताल लैजाने तयारी भइरहेको छ । ढकालको शव निकै गहिराईमा अड्किएकाले शव निकाल्न केहि बेर लागेको थियो । 

अहिले घटनास्थलमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष तथा गायिका रीता थापा मगर, महासचिव गायक तथा सर्जक शिव हमाल, गायक तथा मोडल पिएन सापकोटा लगायतका कलाकारहरु पुगेका छन् । 

ढकालले आधादर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेका छन् । साथै उनले केहि गीतपनि लेखेका छन् भने उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाको पुर्व सहसचिव पनि हुन् ।