मोडलिङलाई अंगालेर अघि बढेकी अदितीको ‘तिमी हाँस’ सार्वजनिक

...

मंसिर, काठमाडौँ । अदिती श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडिओ तिमी हाँस सार्वजनिक गरिएको छ । सुजन शाहीको स्वर रहेको गीतको भिडिओमा अदिती सँगै उमङ्ग राउतलाई पनि देख्न सकिन्छ ।

सुशान्त पुडासैनीको निर्देशन रहेको यस गीतको भिडियोमा प्रेम प्रेमिकाको माया लाई मुख्य शीर्षक बनाएको छ। एउटा प्रेमीले आफ्नो प्रेमीकाको साथ गर्ने विभिन्न क्रियाकलापहरू लाई कलाकारिताको माध्यम बाट प्रस्तुत गरिरहेको छ।

थुप्रै ‘ब्युटी प्याजेन्ट’, ‘स्टेज सो’मा समेत सफलता पाइसकेकी मोडल अदिती मोडलिङ र पढाइलाई संगसंगैै लग्ने सोचमा छिन् । घरपरिवारको सहयोगका कारण उनलाई यो क्षेत्रमा आउन सहज भएको छ ।