स्वरुप राज र शान्ति श्रीसको स्वरमा ‘जाम हिड साईली’ सार्वजनिक

...

मंसिर, काठमाडौं । गायक स्वरुप राज आचार्य र गायिका शान्ति श्रीस मगरको स्वरमा नयाँ गीत ‘जाम हिड साईली’ सार्वजनिक गरिएको छ । गायिका शान्ति श्रीसको प्रस्तुतीमा शुक्रबार उनकी युट्युव च्यानलमा सार्वजनिक गरिएको हो । गीतमा सुरेश राना मगरको शब्द तथा संगीत रहेको छ । संगीत संयोजना भने एचबिएन किस्मतले गरेका हुन् ।

gaurav-pahari.jpg

गीतको भिडिओ कथात्मक ढंगबाट प्रस्तुत गरिएको छ । भिडिओमा अभिनेता गौरब पहाडी र अभिनेत्री रजनी गुरुङले अभिनय गरेका छन् । अभिनेता गौरब परदेश जानेसमयमा छुट्नुपर्दाको पिडा भिडिओमा देख्न सकिन्छ । लाहुरे बिदाई तथा साँस्कृति कार्यक्रमको स्टेजका बिच गायक स्वरुप र गायिका शान्ति श्रीसले गीत गाइरहेका छन् । उनीहरुपनि भिडिओमा फिचर्ड छन् ।

भिडिओमा गौरब मगर र अन्जु गुरुङको पनि अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडिओलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडिओ मौसम हिमालीले निर्देशन गरेका हुन् ।