देवी घर्ति र कृष्ण पौडेलको ‘बेहुली’मा बिनिता पौडेलको निर्देशन

...

मंसिर, काठमाडौँ । गायिका देवी घर्ति र गायक कृष्ण पौडेलको स्वरमा सार्वजनिक ‘बेहुली’ बोलको पन्चेबाजा गीतको भिडिओमा बिनिता पौडेलले निर्देशन गरेकी छिन् । कमल अर्यालको शब्द रहेको गीतमा ईश्वर सिंहको संगीत र थेगो रहेको छ । गीतको भिडिओमा भने निर्देशक बिनितासँगै मोडल जीवन क्षेत्रीको अभिनय देख्न सकिन्छ । 

गीतमा एरेन्ज तारानाथ आचार्यको रहेको छ । यस्तै मिक्स मास्टरको काम खडक बाजुरालीले गरेका हुन् ।

अनिश खड्काले खिचेको भिडिओ सुजन कोइरालाले सम्पादन गरेका हुन् । प्रोडक्सन म्यानेजर भने ममता पौडेल रहेकी छिन् । भिडिओ डिजिटल स्टार युट्युव च्यानलमा अपलोड गरिएको छ । गीतबारे बोल्दै निर्देशक बिनिता भन्छिन्, मेरो निर्देशकीय यात्रालाई पनि दर्शकले मन पराउनुहुनेछ भन्ने आशा लिएकी छु । बिनिता आफैमा गायिका समेत हुन् ।