‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी

...

पुस, काठमाडौँ । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक गरिएको छ । सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । 

आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ ।