बलिउड अभिनेता दलिप ताहिल नेपालमा घुम्दै

...

पुस, काठमाडौँ । बलिउडका चर्चित अभिनेता दलिप ताहिल नेपाल आइपुगेका छन् । बाजिगर फिल्मका अभिनेता ताहिल किन नेपाल आइपुगे ? कतिदिन सम्म बस्नेछन् ? कुन कामका लागी नेपालमा आएका हुन् ? उनले खुलाएका छैनन् । उनले नेपालको एअरपोर्टमा ओर्लने बित्तिकै आफ्नो इन्ट्राग्राम स्टोरीमा  ‘नेपाल तिमी धेरै प्यारो छौ’ भन्दै आफ्नो तस्बिर राखेका छन् । 

काठमाडौंमा उनले क्रिसमस सेलिब्रेसन गरेकोदेखि रेष्टुरेन्टमा मःमको स्वाद लिएको तस्वीर पोस्ट गरेका छन् । उनले आफ्नो नेपाल भ्रमणबारे विस्तृत खुलाएका छैनन् । क्रिसमस बिदा मनाउन निजी भ्रमणको लागि काठमाडौं आइपुगेको अनुमान गर्न सकिन्छ । उनी नेपालका पोडकास्टर सन्जय सिलवाल गुप्तासँग घुमेको तस्बिर पनि देखिन्छ । सन्जयले नेपालका धार्मिकस्थल, मठमन्दिरमा घुमाएका छन् ।  
शाहरुख खान स्टारर ‘बाजीगर’मा उनले मदन चोपडा नामक पात्रको भूमिका निर्वाह गरेका छन् । उनले ‘कहो ना प्यार है’, ‘क्यामत से कयामत तक’सहित ६० बलिउड फिल्ममा काम गरेका छन् । बीबीसीको ओपेरा शो, एडभेन्चर्स अफ टार्जनसहितका १७ सिरिजमा उनले काम गरेका छन् । भारतको उत्तर प्रदेशस्थित आग्रामा जन्मिएका उनी थिएटर अभिनेतासमेत हुन् । सन् १९७४ को फिल्म ‘अंकुर’बाट उनले भारतीय फिल्ममा करिअर थालेका थिए ।