चर्चा हुँदै ‘हात्तीछाप’को फेरिएको टिजरको

...

पुस, काठमाडौँ । आगामी माघ २६ गतेबाट नेपाली चलचित्र ‘हात्तीछाप’ प्रदर्शन हुने तयारीमा छ । यो चलचित्रको प्रदर्शन मिति केहि पछि भएपनि चर्चाभने अहिलेदेखी नै छ । चलचित्रको निर्माण टिमले प्रचारप्रसारलाई तिब्र बनाइरहेको छ । सिमोस सुनुवारको निर्देशनमा तयार भएको यो चलचित्रको टिजरको चर्चा भइरहेको छ । चलचित्रको टिजर केहिदिन अघि सार्वजनिक भएको थियो । दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन् । 

फेरी निर्माण टिमले नयाँ टिजरलाई दर्शकसामु ल्याएको छ । निर्माणटिमले बिहीबारदेखी हलमा नयाँ टिजर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ टिजरलाई भने हलमा हिन्दी फिल्म ‘डंकी र सलार’ हेर्न पुगेका दर्शकले मन पराएका छन् । हलमा पुगेका दर्शकले हुटिङ र ताली बजाएका छन् । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भने–‘हामीले हलमा सार्वजनिक गरेको टिजरलाई दर्शकले निकै साथ दिनुभएको छ । टिजर बज्दा दर्शक मज्जाले हाँस्नुभएको छ । साथमा, सौगात मल्लको गेटअपलाई रुचाएको देखियो ।’

HATTICHAP-MOVIE.jpg

चचित्रको टिजरमा विल्सन विक्रम राइले बोल्ने ‘नयाँ बाँनेश्वर र पुरानो बाँनेश्वर’ संवादलाई पनि दर्शकले निकै रुचाएका छन् । यसले, फिल्मप्रति निर्माणपक्षको आत्मविश्वास अझै बढेको छ । प्रस्तुतकर्ता नेपालीका अनुसार, युट्युबमा यही टिजरमा अन्य १ मिनेटको दृश्य थपेर ३ मिनेट लामो ट्रेलर सार्वजनिक गरिनेछ ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।