हामीजस्ता अनुजसँग पनि बिष्णु माझीले गीत गाइदिए हुन्थ्योः मदन ढकाल

...

पुस, काठमाडौं । नवगायक मदन ढकालले लोकप्रिय गायिका बिष्णु माझीसँग गीत गाउने चाहना राखेका छन् । उनले बिष्णुले पछिल्लो समय गीत कम गाउन थालेका र अरुको गीत गाउन छाडेको होकि भन्दै आफूजस्ता अनुजका गीत पनि गाइदिन आग्रह गरेका छन् । 

‘लोक तथा दोहोरी गीतको क्षेत्रमा बिष्णु माझी भनिसकेपछि छुट्टै नाम छ । उहाँको गाएकी यस्तो छ कि जोकोहि गायक पनि एकपटक बिष्णु माझीसँग गीत गाउन चाहन्छन्, मेरो पनि एउटा गीत गाउने चाहना हो’, मदनले आर्टिष्ट खबरसँग कुरागर्दै भने, ‘उहाँले लिने पारिश्रमिक तिर्न गाह्रो भएन तर उहाँ हामीसँग गीत गाउन सहज भइदिनुपर्यो ।’

गायक मदनले बि.स. २०६८ सालमा पहिलो अडियो गीत दशैं तिहार सार्वजनिक गरेका थिए । साथै उनले बि.स. २०७६ सालमा आफ्नै लगानीमा पहिलो म्युजिक भिडिओ राजारानी सार्वजनिक गरेका थिए । जुन गीतमा मदनसँगै प्रबिना आचार्यको स्वर छ । यस्तै उनले पछिल्लो समय तीनसाता अघिमात्रै बहिनीको फुर्के रिबन बोलको गीत सार्वजनिक गरेका थिए । जसमा मदनले संगीत संयोजनमात्र गरेका छन् । गीतमा सुदिप रेग्मी र सुनिता बुढाको स्वर रहेको छ । मदनको दुना टपरी बोलको गीत आउने क्रममा रहेको जानकारी गराएका छन् । 

मदनले अहिलेसम्म १५ वटा गीत सार्वजनिक गरिसकेको र गीतसंगीतकै लागी भनेर १७ लाख रुपैंया लगानी भइसकेको बताउँछन् । उनले लगानी भएजसरी आम्दानी गर्न नसकेको स्विकार्छन् ।