विनोद राईले जिते  ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ को उपाधि

...

पुस, काठमाडौं । पाँचो सिजनको द भ्वाइस अफ नेपाल विनोद राईले जितेका छन् । उनी मिलन नेवारको टिममा थिए । उनले उपाधिसँगै नगद २० लाखसँगै बिभिन्न स्पोन्सर्सको तर्फबाट उपहार प्राप्त गरे । 

the-voice-of-nepal-binod-rai (2).jpg

साथै उत्कृष्ट चारबिच भएको फिनालेको प्रतिस्पर्धामा फस्ट रनरअप राजेश पायल राईको टिममा रहेका मकर बहादुर योन्जन भए भने सेकेण्ड रनरअप उदय सोताङको टिममा रहेका कुमार प्रयास राई बने । यस्तै थर्ड रनरअप भने प्रमोद खरेलको टिममा रहेका नोगेन लिम्बु बने । फिनाले शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा सम्पन्न भएको थियो ।