‘मायाका रंगहरु’मा सुनिल थापा र बुद्धि तामाङ अनुबन्धित

...

पुस, काठमाडौँ । अभिनेता पल शाह र कुन्दन भारद्धाजको मुख्य भुमिका रहने इन्डो नेपाली चलचित्र ‘मायाका रंगहरु’मा कलाकार सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकिय चलचित्रको छायांकन फागुन अन्तिम सातादेखि भारतको सिक्किममा सुरु हुनेछ ।
प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिने छ । पुनम तामाङ प्रस्तुतकर्ता रहको चलचित्रको निर्माता आर।बी थाङदेन हुन् । चलचित्रमा भद्र भुजेल र रामा मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, तारा प्रकाश लिम्बु, उर्गेन दोङ,मेचु धिमाल र दीपक शर्माको संगीत, सुष्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।

Buddhi Tamang.jpeg

चलचित्रका सह निर्माता जेनिश न्यौपाने र दिपेन्द्र चिलवाल हुन् । चलचित्रको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास छेत्री र नेपालबाट पदम तामाङ रहनेछन् । पर्यटन पर्वद्वनको लागि फिल्म भन्ने उदेश्यले आफुले यो चलचित्रमा निर्माण गर्न लागेको निर्देशक तामाङले बताए ।