हार्दिक श्रृद्धाञ्जली योगेश वैद्य (तस्बिरहरु)

...

लक्ष्मण शर्मा/ माघ, काठमाडौं । गायक तथा संगीतकार योगेश वैद्यको निधन भएसँगै यतिबेला पार्थिव शरिर श्रृद्धान्जलीका लागी राखिएको छ । बिहान ९ः३० देखी १२ बजेसम्मका लागी संगीत नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनलाई श्रृद्धाञ्जली दिनका लागी नेपाली गीतसंगीतका कलाकारहरु पुगेका छन् । 

yogesh-baidhya-singer.jpeg

गायक तथा संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा, चेतन सापकोटा, महेश खड्का लगायतका कलाकार पुगेका छन् । वैद्यको अत्येष्टि आजै गरिने बताइएको छ । ७७ बर्षिय वैद्यको बिहीबार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पतालमा निधन थियो । भएको हो । उनी मधुमेह रोगबाट पीडित थिए । उनका ‘सपना भुलाइ सारा’, ‘मेरो आँशुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’, चोट दिलमै रात दिन, धेरै भैसके, मेरो माया तिम्रो, मेरो जीन्दगी, प्रेमको अधुरो लगायतका गीतहरू लोकप्रिय छन् ।

WhatsApp Image 2024-01-19 at 11.07.00.jpeg

उहाँका कृति सधैं रहनेछन्ः शम्भुजित बास्कोटा

‘सुगम संगीतको लागी संरक्षक लाग्छ । उहाँको सगीत छनौटको कुरा हेर्दा, अत्यन्तै गहन ब्यक्तित्व हुनुहुन्थ्यो । सदाबहार गीतहरु गुन्जिरहोस् भन्ने चाहानुहुन्थ्यो । नेपाली संगीतसंगीतका श्रृष्टाले उहाँबाट सिकुन् । आफ्नो गीतसंगीतबाट धेरै योगदान पुर्याउनु भएको छ । उहाँ आफैपनि लामो समय सरकारी क्षेत्रमा रहेर काम गर्नुभएको थियो । उहाँ जहाँ भएपनि जहिले गीतसंगीत बारे सोच्नुहुन्थ्यो । उहाँले गाउने गीतले जीवन बोकेका हुन्थ्यो । यथार्थता बोकेको हुन्थ्यो । उहाँ गएपनि उहाँले छाडेका कृतिहरु सदैव रहनेछन् ।’

yogesh-badhya-artist-khabar.jpeg