गायक कार्की जब माद्यक पदार्थ सेवन गरेर रेडियो अन्तर्वार्तामा छिरे

...

माघ, काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतका गायक तथा संगीतका राजेन्द्र कुमार कार्कीले माद्यक पदार्थ सेवन गरेर अन्वर्तार्ताले दिएका छन् । रेडियो आहा १०४.५ मेगाहर्जको ‘देउराली’ कार्यक्रमको झण्डै एक घण्टा लामो कार्यक्रममा उनी नशामा देखिन्छन् । साथै उनले पछि आफूले माद्यकपदार्थ सेवन गरेको स्विकार गरेर माफी पनि मागिसकेका छन् । उनी नेपाली लोकगीत क्षेत्रमा पुराना सर्जक हुन् । उनी राष्ट्रिय संगीतकर्मी संघका पुर्व अध्यक्ष समेत हुन् । 

भएको के थियो ?   
रेडियोमा गएको बुधबार साँझ ७ बजेदेखी ८ बजेसम्मको कार्यक्रमको समय थियो । उक्त कार्यक्रमका लागी कलाकार कार्की आमन्त्रित पाहुना थिए । कार्यक्रमका प्रस्तोता शरण हुमागाईं थिए । उक्त रेडियो कार्यक्रम लाइभ हुने गायक कार्कीलाई पुर्व जानकारी थियो । उनी समयमै आइपुग्छन् । कार्यक्रम सुरु हुनुअघि कलाकार कार्की नशामा नभएको जस्तो नदेखिएको प्रस्तोता हुमागाईंले बताएका छन् । तर सुरु हुनुभन्दा केहि मिनेट अघिमात्रै एकछिनका लागी बाहिर गएर आएको बेला कार्कीले माद्यक पदार्थ सेवन गरेको हुनसक्ने उनको अनुमान छ । जब कार्यक्रम सुरुभयो कलाकार कार्की नशामा डुब्दै गए र अन्टमन्ट बोल्दै गए । प्रस्तोतालाई अप्ठ्यारो महसुस हुँदै गयो । जुन फेसबुक लाइभको भिडिओमा पनि देखिन्छ । 

कार्यक्रमको बिचमा प्रस्तोता हुमागाईंले कार्यक्रम रोकौं पनि भने तर म यस्तै कडा बोल्ने मान्छे हुँ, बोल्न नहुने कुँरा बोलेँ, गल्ति भयो भन्दै स्विकार पनि गरे । जब कार्यक्रम सकिन्छ कलाकार कार्कीले आफ्नो बेइज्जत हुनेबुझेपछि फेसबुकमा प्रस्तोताको तस्बिर सहित गाली गलौज गर्दै स्टाटस राखे । उनले कार्यक्रममा जबरजस्ती बोलाएको र पैसा मागेको भन्दै बिभिन्न नभएका आरोप लगाएर स्टाटस राखेको प्रस्तोता हुमागाईंले बताएका छन् । नेपाली गीतसंगीतको क्षेत्रमा लामो समय बिताएका गायक कार्कीले नै यस्तो गरेपछि अरुले के सिक्ने भन्दै बिभिन्न कलाकारहरुले अहिले आफ्नो तर्क राखिरहेका छन् । 

rajendra-kumar-karki-photo.jpg

राष्ट्रिय लोकसन्चारकर्मी नेपालको ध्यानाकर्षण
यसैबिच राष्ट्रिय लोकसन्चारकर्मी नेपालको कोषाध्यक्ष समेत रहेका प्रस्तोता शरण हुमागाईंप्रति कलाकार कार्कीले धम्किपुर्ण ढंगले लगाएको आक्षेप र टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘पत्रकारिता त्यसमाथि पनि लोकसंचारकर्मीको रुपमा कलम र आवाज मार्फत संचार माध्यममा सक्रिय हुमागाई माथि लोकस्रष्टाबाटनैै यस्ता व्यवहार हुनु दुर्भाग्यपुर्ण र खेदजनक  छ । पत्रकारलाई दुव्र्यवहार गर्दै धम्क्याएको यो घटना अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रता र कानुनविपरीतको काम हो ।’ सार्वजनिक प्रेस बिज्ञप्तीमा भनिएको छ । ‘सञ्चार कर्ममा जुटेका पत्रकारलाई धम्की र दुब्यवहारपुर्ण भाषा प्रयोग गर्नेमाथि कानुनबमोजिम कारबाही गरी प्रेसलाई निर्वाध र सुरक्षित रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’

lok-sancharkarmi-nepali.jpg

कलाकार कार्कीले मागे माफी
यसैबिच कलाकार राजेन्द्र कुमार कार्कीले माफी मागेका छन् । लोकसन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमका अनुसार कलाकार कार्कीले आफूले गर्ननहुने काम गरेको र सम्पुर्णमिडियाप्रति आफ्नो उच्च सम्मान रहेको भन्दै संस्था समक्ष माझी मागिसकेको जानकारी गराएका छन् । साथै कार्कीले आगामी दिनमा यस्तो गल्ति नदोहोर्याउने पनि जनाएका छन् । कार्कीका ‘जुन तारा झैं’, ‘यस्तै रैछ प्यार’, ‘जीन्दगीनीमा’, ‘मुना पलायो’, ‘बुट्टा भरेर’ लगायत दर्जनौं गीत छन् ।