दोहोरी गीत प्रतिष्ठान दक्षिण कोरियाद्वारा ‘सलनाल धमाका २०२४’को तयारी पुरा

...

माघ, काठमाडौँ । कोरियन नया बर्ष सलनालको अवसरमा दक्षिण कोरियामा आयोजना हुन गइरहेको “सलनाल धमाका २०२४”को तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा फेब्रुअरी ११ तारिख आइतबार कार्यक्रम सम्पन्न हुनेछ । 

कार्यक्रमले “हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नारा बोकेको छ । कोरियामै पहिलो‌पटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने छ ।

नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, गायक पशुपति शर्मा, युवराज छन्त्याल, सूर्य खड्का, श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा शास्त्रीय नृत्याङ्गना सीता सुवेदी र मोडेल तथा गायिका करिस्मा मगरको प्रस्तुति रहने आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालले जनाएका छन् । उनी कार्यक्रम भब्य र सब्य तरिकाले सम्पन्न हुने विश्वास लिएका छन् ।