धिरज र साम्राज्ञीलाई लिएर ‘रुमानी’ बन्ने

...

फागुन, काठमाडौँ । ‘इन्टु मिन्टु लण्डनमा’मा जोडीको रुपमा देखिएका अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फेरी एकसाथ जोडीको रुपमा पर्दामा देखिने भएका छन् । उनीहरुलाई लिएर नयाँ चलचित्र ‘रुमानी’को घोषणा हुँदैछ । यो चलचित्रको बिहीबार एक कार्यक्रमका बिच घोषणा गर्ने तयारी भइरहेको छ । चलचित्र अनिल योञ्जनले निर्देशन गर्नेछन् । 

यसअघि अभिनेता आर्यन अधिकारी र साम्राज्ञीको जोडी बाँधिने भनिएको थियो तर अहिले आर्यन बाहिरिएका छन् र धिरजको प्रवेश भएको छ । हरि मल्ल ठकुरी र जिएम ठकुरीको लगानी रहने ‘रुमानी’मा हरि मल्ल स्वयंको कथा रहनेछ । चलचित्रको पटकथा र संवाद निर्देशक योञ्जनकै रहनेछ ।

चलचित्रका लागी धिरज र साम्राज्ञीको जोडी रुचाइएको र डिमाण्डेड जोडी हो । अन्य केहि मेकरले यो जोडीलाई लिएर काम गर्ने इच्छा पनि देखाएका थिए तर जुरेको थिएन । साम्राज्ञीले गत साता मात्र फिल्म ‘लण्डन टू पेरिस’को छायांकन सकेर बसेकी छिन् भने धीरजले हालै चलचित्र ‘खुस्मा’को पहिलो चरणको छायांकन सकाएका छन् । रुमानी प्रेमकथामा निर्माण हुने बुझिएको छ ।