एलिजा र निश्चललाई लिएर समुद्र भट्टले नयाँ चलचित्र बनाउँदै

...

फागुन, काठमाडौँ । निर्देशक समुद्र भट्टले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर नयाँ चलचित्र निर्माण गर्ने भएकी छिन् । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको चलचित्रको नाम खुलाइएको छैन । निर्देशक भट्टले शनिबार आफ्नो चलचित्रको दुई कलाकार फाइनल गरेको जानकारी गराएकी हुन् । 

आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको चलचित्रका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ । लभ स्टोरी क्र्रइम थ्रिलर रहने फिल्ममा  समुद्रकै कथा रहने छ ।

अनुराग चलत्रिचबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ । निश्चलले ुलण्डन टु पेरिसुबाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ । समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।