‘कमेडि च्याम्पियन सिजन ३’ लाई सकारात्मक प्रतिक्रिया

...

फागुन, काठमाडौँ । कमेडी रियालिटी शो कमेडि च्याम्पियन सिजन ३ सुरु भएसँगै चर्चा सुरु भएको छ । गएको शुक्रबार ग्राण्ड प्रिमियर गरिएको थियो । प्रसारणमा आइसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो समाचार तयार पार्दा सम्म यसको झण्डै पाँच लाखको हाराहारीमा भ्युज सहित युट्युव ट्रेण्डिङमा रहेको छ। 

यस अघि अडिसनका ३ एपिसोडले समेत राम्रै भ्यूज बटुलिरहेको छ। ग्य्राण्ड प्रिमियरको पहिलो भागमा ६ जना प्रतिस्पर्धीले आफ्नो प्रस्तुती दिएका छन्। जस मध्ये ५ जनाले सिधै टप १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले निर्णायकको विशेष अधिकारको रुपमा रहेको सुपरपावर अन्तर्गत गोल्डेन वर्जर पाएका हुन्। गोल्डेन वर्जर पाउनेमा अमरेन्द्र यादव, इन्दु लम्साल, कर्मा सिंङ लामा, सुनिल खड्का र रिसव काफ्ले रहेका छन्। हजारौंबाट फिजिकल अडिसनमा छानिएका १३२ मध्ये उत्कृष्ठ ३० ले ग्य्राण्ड प्रिमियरमा आफ्नो प्रस्तुति दिनेछन र यी तीस मध्य १६ ले आगामी चरणमा स्थान बनाउने छन्। टप १६ पछि सिधै टप १० को लागि प्रतिस्पर्धा हुनेछ। 

यसपटक च्याम्पियनले आफ्नो ढाँचालाई थोरै परिवर्तन गरेको छ। यसअघि फिजिकल अडिसनबाट टप २४ छान्दै आएकोमा यसपट सुपर ३० बनाएको छ भने अघिल्लो सिजनमा टप १५ भएकोमा यसपटक टप १६ बनाएको छ। यसपटक दर्शकहरुलाई थोरै नौलोपनको महशुष गराउन आफूले कार्यक्रमको ढाँचामा परिवर्तन गरेको निर्देशक बिशाल भण्डारीको भनाई रहेको छ। आफुलाई मन परेको प्रतिष्पर्धीलाई सिधै गोल्डेन वर्जर दवाएर अघिल्लो चरणमा लैजान सक्ने विशेष अधिकार दिएको पनि निर्देशक भण्डारीले बताए। 

यसपटक प्रतिस्पर्धी हरु निकै राम्रा प्रतिभाहरु आएको कारणले पनि आफूहरुले यसपटक सुपर ३० बनाउनु परेको निर्देशक भण्डारीले बताए। कमेडी च्याम्पियनको ग्य्राण्ड प्रिमियर पाँच भागमा प्रसारण हुनेछ। सिजन ३ हरेक बिहिबार र शुक्रबार बेलुका ९ बजे कान्तिपुर टिभीमा प्रसारण आउने छ भने सोहि दिन ओएसआर रियालिटी युट्युब च्यानलमा ९ः१५ मा रिलिज हुनेछ।