चलचित्र ‘एक्टर’मा प्रदीपसँग दिलीप रायमाझीकी छोरी दिव्याको जोडी

...

फागुन, काठमाडौँ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने चलचित्र ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच चलचित्रका लागि कागजी संझौता भएको छ ।

निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि चलचित्रमा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो चलचित्रमा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।

418281738_919715729642545_8456787271005526430_n.jpg

फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ । राजन भुसालको निर्देशन रहने चलचित्रमा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको सह–निर्मातामा एनिस भुसाल छन् ।

चलचित्रको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । चलचित्रलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहनेछ । चलचित्रमा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।